सेयर बजारमा ७ अंककाे गिरावट, ८ अर्बकाे काराेबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ७ दशलमव २४ अंकले घटेर २,१५५ को विन्दुमा कायम भएको हो ।
बिहीबार ११२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ । आज २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँको शेयर काराबार भएको छ ।
बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनकिो आज १ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ३० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ङादी ग्रुप पावरको २३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै चार कम्पनीका लगानीकर्ताले कमाएका छन् । रिडी पावर कम्पनी, सिनर्जी पावर कम्पनी, माहुली लघुवित्त र गणपती लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया