मंगलबार, चैत २४, २०८२

माछापुच्छ्रे बैंकको १ करोड बढी कित्ता शेयर बिक्रीमा

मेरोन्यूज २०८० माघ ५ गते ११:३२

काठमाडौं । माछापुच्छ्रे बैंकको १ करोड १२ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले संस्थापक समूहको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता शुक्रबारबाट शेयर बिक्रीमा राखेको हो। शेयरमा योग्य इच्छुक विद्यमान वा जोकोही व्यक्ति, फर्म, कम्पनी, संघ र संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनमत मूल्य ११३ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदनदिन माघ १५ गतेसम्म सकिने छ ।

प्रतिक्रिया