झापाको बालुवाटार जग्गा हिनामिना : १८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिघा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र विचौलियालाई मुद्दा दायर गरेको हो ।
झापाको बालुवाटार भनेर चिनिने खोला किनारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा माओवादी नेता रेवतराज पुरी (गगन पुरी), उनका परिवारका सदस्य, जग्गा खरिदकर्ताहरु, मालपोत र नापीका कर्मचारी र लेखापढी कानुन व्यवसायीलगायतका विचौलियाविरुद्ध मुद्दा दायर भएको हो ।
सो मुद्दामा सरकारी कर्मचारी र सुरुमा आफ्नो नाममा जग्गा दर्ता गर्ने ३६ सहित ६४ जनालाई मुख्य प्रतिवादी बनाइएको छ । जग्गा फिर्ता प्रयोजनका निम्ति थप १०८ जनालाई प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।

















युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया