बच्चा चोरी गर्ने मनकुमारीलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी हुन् ।
प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागेको थियो । आरोपी सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
सिंहले शुक्रबार मध्याह्न थापाथलीस्थित परोपकार प्रसुती गृहबाट अरुको बच्चा लगेकी थिइन् । परीक्षणका लागि आएकी काभ्रेकी एक महिलाको २६ दिनको बच्चा उनले चोरेर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पछि दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरेको छ ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया