बुधबार, पुष २३, २०८२

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

मेरोन्यूज २०८० चैत २३ गते ११:३०

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल महासंघले जनाएको छ ।

प्रतिक्रिया