राष्ट्रपति पौडेल तनहुँमा
मेरोन्यूज
२०८० चैत २३ गते १२:२६

दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुगेका छन्।
तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुगेका हुन् ।
कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रम उद्घाटन अगार्डि भिमाद बजारमा विभिन्न सङ्घसंस्था, आमा समूह, युवा क्लव लगायतको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ ।
विसं २०७३ सालमा शिलान्यास भई विसं २०७९ सालमा क्याम्पसको भवन निर्माण सम्पन्न भएको थियो । क्याम्पसमा भिमाद, घिरिङ, ऋषिङ लगायत आसपासका विद्यार्थी अध्ययनरत छन् । अधिवेशनले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया