मंगलबार, चैत २४, २०८२

राजेन्द्र महतोको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते

मेरोन्यूज २०८० चैत २४ गते १९:२९

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आज काठमाडौँमा भएको झडपमा परी प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरी जवान घाइते भएको बताए ।

उनले भने, “राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बाध्य भएर बल प्रयोग गर्नुपर्यो, सो क्रममा प्रहरी सहायक निरीक्षकसहित पाँचजना घाइते भए, प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा छन् ।”

गम्भीर घाइते भएका प्रहरी जवान बोहराको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरी थप उपचारका लागि नेपाल प्रहरीको अस्पातल लैजाने तयारी भएको प्रवक्ता अधिकारीले बताए । झडपमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ ।

उक्त झपडमा प्रदर्शनकारीतर्फका १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया