प्रभु बैंकले वैशाख २० गते बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?
मेरोन्यूज
२०८० चैत २७ गते ११:४७

काठमाडौं। प्रभु बैंकले २०८१ वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ । जसअनुसार यसपटक सेयरधनीहरुको हात खाली हुने छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि २०८१ वैशाख ४ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ । तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया