‘टोयोटा विमन्स मोटर र्याली’ वैशाख ८ गते

काठमाडौं । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते विमेन्स मोटर र्याली आयोजना गर्न लागेको बताएको छ ।
सो र्यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलामाझ सौहार्दता र साहसिक भावनाको प्रवर्द्धन गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।
‘२० वर्षअघिदेखि सुरू भएको र्याली मोटर स्पोर्टस्को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘र्यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने विश्वास छ ।’
कम्पनीले र्यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ । र्यालीमा कुनै पनि गाडीमार्फत सहभागिता जनाउन सकिने छ ।
यो र्याली मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्याली हो । समय, दुरी, र गति अर्थात टीडीएस र्याली अन्तर्गत गन्तव्यसम्म पुग्न विभिन्न चेक प्वाइन्ट निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुनेछ र त्यसैलाई मध्यनजर गरि अन्त्यमा विजेताको घोषणा हुनेछ ।
काठमाडौँको विभिन्न सहरहरु परिक्रमा हुनुको साथै संस्कृतिक सम्पदा हुँदै गन्तव्यमा पुगी र्यालीको समापन हुनेछ ।













बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता
बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा विधायन समितिले सुरक्षा निकायसँग छलफल गर्ने
कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
US ambassador pays farewell call to President Paudel
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया