वीरगञ्जमा १ करोड ६६ लाखबढी राजस्व सङ्कलन

वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु एक करोड ६६ लाख भन्दाबढी राजस्व सङ्कलन गरेको छ ।
राजस्व छलिको आशङ्कामा विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा निकायबाट नियन्त्रणमा लिई बुझाइएका सवारीसाधन तथा फार्ममाथि कारबाही गरी कार्यालयले चालु अवको फागुन मसान्तसम्ममा सो बराबरको राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका सूचना अधिकारी प्रमोदकुमार चौधरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीअन्तर्गतका विभिन्न कार्यालयबाट नियन्त्रणमा लिई कारबाहीका लागि सो अवधिमा बुझाइएका तीन सय चार फार्म तथा सवारीसाधनमाथि कारबाही गरी राजस्व सङ्कलन गरिएको छ ।
उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय बारा वा अन्तर्गतका कार्यालयबाट बुझाइएका एक सय ७२ फार्म तथा सवारीसाधनमाथि गरिएको कारबाहीबाट सबै भन्दा बढी रु ५९ लाख १६ हजार ५० राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्सा वा अन्तर्गतका कार्यालयबाट कारबाहीका लागि आएका फार्म तथा सवारीसाधनबाट रु २९ लाख ५६ हजार पाँच सय ६०, मकवानपुर वा अन्तर्गतका कार्यालयबाट रु १८ लाख ७९ हजार आठ सय ४८, जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीबाट नियन्त्रणमा लिइएको दुईरदुईवटा सवारी साधनबाट रु ७५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल पर्सा वा अन्तर्गतबाट आएको १९ वटा सवारी साधनबाट रु ३७ लाख ८० हजार, बारा वा अन्तर्गतले नियन्त्रणमा लिएको ११ सवारीसाधनबाट रु १५ लाख सात हजार छ सय ७२, मकवानपुरबाट आएका १५ वटा सवारीसाधन तथा फार्मबाट रु दुई लाख र सशस्त्र प्रहरी बल धनुषा वा अन्तर्गतबाट प्राप्त दुई सवारीसाधनबाट रु ५० हजार राजस्व सङ्कलन भएको उनको भनाइ छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया