शनिबार, पुष १९, २०८२

कुमारी बैंकको साढे ४ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

मेरोन्यूज २०८१ वैशाख ३ गते ११:५१

काठमाडौं। कुमारी बैंकले आज सोममबार देखि सेयर लिलामी बिक्री खुला गरेको छ ।

बैंकले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम १०६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक कुमारी  क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा वैशाख ११ गतेसम्म आवेदन सकिनेछ । 

प्रतिक्रिया