शिवम् सिमेन्टको १३ करोड ३१ लाख बोरा सिमेन्ट बिक्री

काठमाडाैं । शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३ करोड ३१ लाख बोरा ओ.पि.सी. सिमेन्ट बिक्री गर्न सफल भएको छ ।
अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो ।
शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।
नयाँ वर्ष २०८१ का अवसरमा कम्पनीले उप भोक्तावर्ग, विक्रेतावर्ग, सेयरधनी महानुभावहरु, नियामक निकाय तथा शुभचिन्तकहरुमा शुभकामना सन्देश जारी गर्दै कम्पनीको प्रगति र सफलताको हरेक कदममा पाएको अटुट साथ, सहयोग र भरोसाका निम्ति कृतज्ञता ज्ञापन गरेको छ । साथै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।
सन् २००३ मा मध्य नेपालको हेटौंडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया