शनिबार, चैत २१, २०८२

कोशी प्रदेश सभाको सचिवमा पराजुली पुन: नियुक्त

मेरोन्यूज २०८१ वैशाख ३ गते १७:५०

विराटनगर । कोशी प्रदेश सभाको सचिवमा गोपाल प्रसाद पराजुली पुन: नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गले ९ वैशाखदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

कोशीका सभामुख अम्बरबहादुर विष्टले पोखरेललाई सचिवमा नियुक्त गर्न गरेको सिफारिस अनुसार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् ।

पोखरेल यसअघि २०७६ वैशाख १२ गते ४ वर्षका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए । उनलाई बैशाख ९ गतेदेखि लागु हुने गरि नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।


 

प्रतिक्रिया