मधेश सरकारबाट बाहिरियो लोसपा
मेरोन्यूज
२०८१ वैशाख ४ गते १७:३२

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।
योसँगै लोसपाबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।
मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका एक-एक र एक स्वतन्त्र सांसद छन् ।
मधेशमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया