वीरगञ्ज भन्सारद्वारा आठमहिनामा १ खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले रु एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो । चालु आवको नौ महिनाका लागि भन्सार विभागले रु एक खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले लक्ष्यभन्दा रु ६७ अर्ब ८२ करोड कम राजस्व सङ्कलन गरेको छ । विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व सङ्कलनलाई प्रभावित गरेकोे बताए ।
गत आवकोे तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए। उजले गत आवको नौ महिनाका लागि विभागले दिएको लक्ष्याको तुलनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन भएको बताए।
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया