प्रभु इन्स्योरेन्सको साधारण सभा बैशाख २० गते

काठमाडौं । प्रभु इन्स्योरेन्सको बिहीबार वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्ने छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । सभा, प्रभु इन्सुरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
यसैगरी, बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
प्रतिक्रिया