उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले आज भेट गरेका छन्।
मन्त्रालयमा भएको भेटमा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे। मन्त्री भण्डारीले भने, ‘तपाईंहरू लगानी गर्नुस, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरी पनि कुनै समस्या भए सरकारले सहज वातावरण बनाउँछ।’
नेपालमा लगानी गर्ने उत्साहका साथ आएको चिनियाँ उद्योगी तथा व्यवसायीको टोलीसँग उनले चिनियाँ पूँजी र प्रविधि भित्र्याउन सरकार आतुर रहेको बताए।
नेपालमा विदेशी लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाल र चीनबचिको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरे। उनले भने, ‘तपाइँहरु लगानी गर्ने मनसायले आउनुभएको छ, यसले हामीलाई पनि उत्साहित बनाएको छ, लगानी भित्रिएपछि झन उत्साहित बनाउँछ, चाँडै लगानीको पर्खाइमा हामी छौँ।’
सो क्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले नेपाल र चीनबीचको सदियोदेखिको व्यापार सम्बन्ध रहेको उल्लेख गर्दै नेपालमा लगानी गर्ने मनसायले आएकामा चिनियाँ टोलीसित खुसी व्यक्त गरे।
उनले भने, ‘सरकारले नेपालमा लगानीका लागि नीतिगत सुधार गर्दै लगेको छ, नेपालमा खानी, उर्जा, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना छ, लगानी गर्नुस्, लगानीको सम्भावना सुनिश्चित छ।’ सो चिनियाँ टोलीमा चीनका कृषि, उर्जा, पर्यटन, खानी, निर्माणसम्बन्धी कम्पनी लगायतका उद्योगी तथा व्यवसायी सहभागी रहेका थिए।
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया