११ खर्ब ७७ अर्ब नाघ्यो ब्यापार घाटा

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा नेपालको बस्तु आयात २.३९ प्रतिशतले घटेको छ ।
भन्सार बिभागले आज सार्वजनिक गरेको बैशाख मसान्तसम्मको बैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
समीक्षा अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपियाँको बस्तु आयात भएको छ । गत आवको सोही अवधीमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँको बस्तु आयात भएको थियो ।
यसैगरी समीक्षा अवधिमा नेपालबाट हुने बस्तु निर्यात ३.६१ प्रतिशतले घटेको छ । गत आवको समीक्षा अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपियाँको बस्तु निर्यात भएको थियो । अहिले त्यो १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपियाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा वैदेशिक व्यापारमा नेपालले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपियाँको घाटा व्यहोरेको छ । यद्यपि, यो व्यापार घाटा गत आवको सोही अवधीको तुलनामा २.२६ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा नेपालको व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपियाँको व्यापार घाटा भएको थियो ।
यसरी समीक्षा अवधिमा नेपालको कूल बैदेशिक व्यापार (आयात र निर्यात दुवै) को आकार १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपियाँ कायम भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.५० प्रतिशत कम हो ।
गत आवको सोही अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपियाँको बैदेशिक व्यापार भएको थियो । बैदेशिक व्यापारमा आयातको हिस्सा मात्रै ९१.१७ प्रतिशत रहेको बिभागको तथ्यांकमा उल्लेख छ ।













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया