प्रतिनिधिसभाः ‘बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउनेछ’

काठमाडौँ।सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि अर्थमन्त्री वर्षमान पुनले ल्याउनुभएको बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउने बताएका छन् ।
आगामी आव २०८१र८२ को राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा उन्ले विगतका बजेट गतिशील नआएको भन्दै आगामी आवका लागि विनियोजित बजेटले अर्थ प्रणालीलाई नै गतिशील र चलायमान बनाउने बताए ।
“असहज अवस्थामा आगामी आवका लागि बजेट विनियोजन भएको छ । यसले अर्थ प्रणालीलाई गतिशीलता दिने र जनतामा बढ्दै गएको निरासालाई हटाउने प्रक्षेपण गरिएको छ”, सांसद पौडेलले भने, “अर्थमन्त्रीले बजेट कार्यान्वयनका लागि सम्बन्धित निकायलाई परिचालन गरेर अगाडि बढ्न आवश्यक छ ।”
विद्युत् उत्पादन बढ्नु कालोपत्र सडकमा वृद्धि, सबै जिल्लामा सडक सञ्जाल पुग्नु सकारात्मक सन्देश यसले दिन खोजेकोउन्को भनाइ छ । सांसद पौडेलका अनुसार सामाजिक न्यायसहित मौलिक हकको कार्यान्वयन गर्दै समाजवादतर्फ उन्मुख हुनु बजेटको लक्ष्य रहेको छ ।
“हामी अँध्यारोमा हराएका थियौँ तर अर्थतन्त्र उकास्नका लागि विभिन्न क्षेत्रमा गोरेटो भेटेका छौँ”, पौडेलले भन्नुभयो, “व्यावसायिक वातावरणमा सुधार गर्ने विषय उठाएका थियौँ । कृषिमा लगानीको दशक, भूकम्प पुनःनिर्माण, दिगो वन व्यवस्थापन, शिक्षामा गुणात्मक सुधार, एक वडा एक पार्क, कर प्रणालीमा सुधारलगायत विषय आगामी वर्षको बजेटले समेटेका सकारात्मक सन्देश हुन् ।”
लामो समयदेखि निर्माण हुन नसकेका अव्यवस्थित पूर्वाधारका योजना निर्माण गर्न बजेटको व्यवस्थापनमा ख्याल गर्नुपर्ने सांसद पौडेलले सुझाव दिए । “कतिपय पुराना योजना राज्यले लगानी गरिसकेको छ तर बजेट अभावले ठेकदारले बेवारिसे छाडेका छन्”, उन्ले भने, “यस्ता अल्झिएका आयोजनाको अनुगमन गर्नुपर्छ र आयोजना पूरा गर्न अर्थमन्त्रीले ध्यान लिनुपर्छ ।”
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया