ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ।
आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटिएम मेसिनजस्ता अत्याधुनिक मेसिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गरे।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, ‘डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आमजनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ।’डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ।
ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले डिजिटल रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।कार्यक्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकारीलगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया