राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ

चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् ।
बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि।सं। ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने भन्दै दीर्घकालीन राजनीतिक स्थायित्वका लागि मुख्यगरी तीन कुरामा संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले विद्यमान मिश्रित निर्वाचन प्रणालीको ठाउँमा प्रत्यक्ष प्रतिस्पर्धासहितको पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनु पर्ने बताए ।
त्यस्तै, वर्तमान शासकीय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली बनाउनुपर्ने उनको भनाई छ । मन्त्री श्रेष्ठले पहिचानको ५ र सामथ्र्यको ४ आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने पनि बताए ।
मन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बलले गोताखोरजस्तो सामान्य मानिसले गर्न नसक्ने जोखिमपूर्ण तालिम र तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गरेर विपद्मा परेका मान्छेको जीवन बचाउने काम गरेको भन्दै प्रशंसा गरे ।
उनले आगामी दिनमा प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सहयोग जारी राख्ने बताए । उनले गोताखोर तालिम केवल व्यक्तिगत वृत्तिविकासका लागि मात्र नभई संगठन र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु भएको बताए ।
उनले बाढी, पहिरो र डुवानका समस्याहरुमा आमजनतालाई सेवा प्रदान गर्नको निम्ति पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । उनले गोताखोर तालिममा सिकेका सिपको अधिकतम प्रयोग गर्न पनि जोड दिए ।
पाँच हप्ता अवधिको उक्त तालिममा १९ सशस्त्र प्रहरी कर्मचारी सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई चितवनको रिन्टारस्थित त्रिशुली नदी, कास्की जिल्लाको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराईएको थियो ।
गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्य अनुरुप २०७६ सालदेखि सशस्त्र प्रहरी कर्मचारीहरुलाई नेपालमा नै पहिलो पटक गोताखोर तालिम प्रदान गर्न सुरु गरेको र हाल सशस्त्र प्रहरी बल नेपालमा ११० जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपालबाट हालसम्म २ सय ७३ वटा घटनामा परिचालित भई ८ सय २ जनाको जीवितै उद्धार गरिएको र ३ सय १७ वटा शव निकालिएको जनाइएको छ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया