९४ लाखभन्दा बढीको सामान र दुईवटा गाडी नियन्त्रणमा

काठमाडौं । रुपन्देही र पश्चिम नवलपरासीबाट ९४ लाखभन्दा बढीको भन्सार छलीको सामान, ट्रक र पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–३ बेतहानी ईलाकाबाट असोज १३ गते बेलुका २४ लाख ८९ हजार १ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, जुत्ता, मोबाईलको पार्टस् र उक्त सामान ल्याउन प्रयोग भएको करीब ७ लाख बराबरको एउटा गाडी नियन्त्रणमा लिइएको छ ।
अवैध रुपले लु १ च ६३२४ नम्बरको फोर्स पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भन्ने विशेष सुचनाको आधारमा सामानसहितको गाडी नियन्त्रणमा लिइएको हो ।
बरामद सामान र गाडी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको । यसैगरी पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–२ चिसापानीबाट असोज १३ गते बेलुका करीब ३२ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिइएको छ ।
भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रकमा राखेर अवैध रुपले ल्याउँदै गरेको ६ सय बोरा चिनी, मोबाईल कभर, टेम्पर ग्लास तथा विभिन्न किसिमको भाडावर्तनसहितको करीब ३० लाख मूल्य बराबरको ट्रक नियन्त्रणमा लिइएको हो । चिनीको विल बनाएर अवैध रुपमा ल्याइएको मोवाइलको टेम्पर ग्लास १५ हजार २ सय २० वटा, विभिन्न किसिमका मोबाईलका कभर ९ सय ५० वटा, काँसको आरती दानी २ सय ६१ थान र सुराही १३ थान सामान बरामद भएको हो ।
नियन्त्रणमा लिइएको ट्रक र सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाइएको छ ।










कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया