सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने निर्णय गर्नुभएको हो ।
नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत् महसुल छुटको व्यवस्थाअनुसार उनले उक्त निर्णय गरेका हुन् ।
आजै मन्त्रालयले सबै सरकारी अस्पतालमा समयमै महसुल भुक्तान गरेर छुट सुविधा लिन मातहतका संस्थामा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीेले जानकारी दिए ।
उनले समयमै महसुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर २० दिनभित्रै भुक्तानी हुँदा ठूलो रकम बचत हुने भए पछि व्यवस्था मिलाउन निर्णय गरिएको बताए ।
















यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति सिफारिस गर्न समिति गठन
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया