मंगलबार, चैत ३, २०८२

बेस्ट फ्रेन्ड आफुसँग प्रेममा परेकाे कसरी थाहा पाउने ?

मेरोन्यूज २०८१ मंसिर १६ गते १५:०६

सामान्यतया कुनै पनि सम्बन्ध मित्रताबाट सुरु हुन्छ। मित्रता दुई व्यक्तिहरू बीचको आपसी समझ र विश्वासमा आधारित सम्बन्ध हो। यसमा दुवैले आफ्नो हरेक सुख:दुख एकअर्कासँग बाँड्छन्। केटा र केटीबीचको मित्रता कहिले मायामा परिणत हुन्छ, धेरैलाई पत्तै हुँदैन ।

Advertisement
nepal life insurencenepal life insurence

जब मित्रता प्रेममा परिणत हुन्छ, साथीले तपाईलाई बढी हेरचाह गर्न थाल्छ। तपाइँको खुशीमा मात्र उसले आफ्नो खुसी खोज्न थाल्छ। र तपाईंसँग सकेसम्म धेरै समय बिताउन चाहन्छ।

मित्रता प्रेममा परिणत हुने केही अन्य संकेतहरू यी हुन सक्छन्।

धेरै कुराकानी

जब मित्रताको सम्बन्ध प्रेम तर्फ जान थाल्छ, तब पहिले भन्दा धेरै कुराकानी हुन थाल्छ। साथीले आफ्नो जीवनको हरेक साना-ठूला कुरा तपाईसँग सेयर गर्न थाल्छ। घण्टौंसम्म कुरा गर्दा पनि ऊ तपाईँलाई बोर गर्दैन। यो स्पष्ट संकेत हो कि उसले तपाईबाट प्रेमको अपेक्षा गरिरहेको छ।

तपाईंको पार्टनरप्रति ईर्ष्या

साथीहरूसँग तपाइँको पूर्व वा वर्तमान सम्बन्धको बारेमा कुरा गर्नु सामान्य हो। तर कहिलेकाहीँ तपाईंको साथी यी चीजहरूको ईर्ष्या गर्छ किनभने उ तपाईंसँग गहिरो प्रेममा छ। यदि उ तपाइँको पार्टनरको बारेमा कुरा गर्नबाट टाढा रहन्छ भने, तपाइँसँग सम्बन्धमा आउन चाहन्छ भन्ने संकेत हो।

शारीरिक हाउभाउमा परिवर्तन

तपाईंको साथीको शारीरिक हाउभाउकाे परिवर्तनहरूमा नजर राख्नुहोस्। यदि उ तपाईसँग नजिक हुन खोज्छ वा लामो समयसम्म नजर जुधाउँछ भने यो एक संकेत हो कि उसले तपाईबाट मायाको आशा गरिरहेको छ।

तपाईसँग फ्लर्ट गर्छ

कसैप्रति चासो देखाउन गरिने व्यवहारलाई फ्लर्टिङ भनिन्छ। यदि तपाइँका साथीहरू मध्ये एकले यो गर्छ भने, यसको मतलब उसलाई तपाइँको लागि विशेष भावना छ।

तपाईंको परिवारको बारेमा जान्न खोज्छ

जब कुनै साथी तपाईंको प्रेममा पर्छ, उसले व्यक्तिगत प्रश्नहरू सोधेर तपाईंको बारेमा सबै कुरा जान्न चाहन्छ। उ तपाईको परिवारसँग पनि जोडिन खोज्छ। यो पनि एक संकेत होकि उसले आफ्नो सम्बन्ध मित्रता भन्दा बाहिर लैजान चाहन्छ।

सरप्राइज दिन्छ

यदि तपाईंप्रति विशेष भावना छ भने, उसले तपाईलाई मनपर्ने गतिविधिहरू गर्ने प्रयास गर्छ। तपाईंलाई विभिन्न बाहानामा सरप्राइज दिने, विशेष उपहारहरू दिने जस्ता क्रियाकलाप उसले गर्न थाल्छ।

तपाईंको समर्थन गर्ने

यदि साथीले तपाईंलाई मन पराउँछ भने उसले तपाईका सबै सपनाहरू पूरा गर्न सहयोग गर्नेछ। उसले तपाईंलाई भावनात्मक र नैतिक समर्थन दिनेछ ।

साथी प्रेममा परेकाे थाहा पाए के गर्ने ?

यो धेरै हदसम्म तपाईं यसलाई कसरी हेर्नुहुन्छ भन्नेमा निर्भर गर्दछ। यदि तपाइँ पहिलेदेखिनै एक सम्बन्ध मा हुनुहुन्छ भने, यो स्थिति व्यवस्थापन गर्न अलि गाह्रो हुन सक्छ। यदि तपाइँ एक्लाे हुनुहुन्छ भने तपाइँ यो प्रस्तावलाई गम्भीरतापूर्वक विचार गर्न सक्नुहुन्छ।

के साथीबाट प्रेमीमा परिणत भएपछि सम्बन्ध लामो समय टिक्न सक्छ ?

यदि तपाईं वर्षौंदेखि घनिष्ठ साथी हुनुहुन्छ भने, तपाईंसँग समान रुचिहरू हुन सक्छन्। त्यसैले साथी बन्नेदेखि प्रेमी बन्ने यात्रा क्रमशः अगाडि बढ्न सक्छ र आपसी समझदारीले यो सम्बन्ध लामो समयसम्म टिक्न सक्छ। तर, कुनै पनि ठूलो निर्णय लिन हतार भने गर्नु हुँदैन ।

प्रेमले मित्रतालाई कसरी असर गर्छ ?

तपाईंको साथी सम्बन्धको बारेमा गम्भीर छ भने उसले तपाईंलाई प्रस्ताव गर्नेछ। तर यदि तपाइँ यो सम्बन्धलाई मित्रतामा मात्र सीमित राख्न चाहनुहुन्छ भने, यसले मित्रतामा नकारात्मक असर पार्न सक्छ। यसले मित्रता तोड्ने मात्रै होइन सम्बन्ध बिगार्न पनि सक्छ ।

-दैनिक भास्करबाट

प्रतिक्रिया