परराष्ट्रमन्त्री नयाँ दिल्लीमा, भोलि नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने
मेरोन्यूज
२०८१ पुष ४ गते १७:१३

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लागेकी हुन्।
उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने छिन् ।
त्यसपछि मन्त्री डा राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउने छिन् । उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।
सम्बन्धित
प्रतिक्रिया