सिप्रदीको ‘एक्समस एक्सचेन्ज’ आजदेखि, पुराना गाडीसँग ‘टियागो र पञ्च ईभी’ साट्न सकिने

काठमाडौं । टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले क्रिसमसको अवसरमा आजदेखि १२ गतेसम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम सुरु गरेकाे छ।
टाटा ब्रान्डका गाडीहरु लिन खोज्ने ग्राहकहरुलाई उत्कृष्टभन्दा उत्कृष्टरुपमा आफ्नो प्रतिबद्धतास्वरूप सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गरिएकाे हो।
यस कार्यक्रममा टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी, जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग साट्न सकिनेछ।
टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरुले “आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्र मार्फत आइफोन १६ प्रो समेत प्राप्त गर्ने सकिने” सिप्रदीले जनाएको छ।
सो अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ।










राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रतिक्रिया