गोलभेँडा बेचेर वार्षिक ७ लाख आम्दानी

घोराही (दाङ) । यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन् ।
भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउछन्। “यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन”, उनले भने, “यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।” रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गरे । उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका हुन् । हाल उहाँ टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक रु सात लाख बचत गर्न सफल भएका छन्।
वार्षिक रु १८ लाखको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ । “१० जनालाई रोजगारी दिएको छु”, रोकाले भने, “पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो ।”
मङ्सिरसम्म थोकमा प्रतिकिलो रु ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए। उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गरेका छन् । आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले बताए। जग्गाको वार्षिक भाडा रु ९८ हजार तिर्ने गरेका छन् । परिवारमा आठ सदस्य छन् । टमाटरखेतीकै कमाईले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेका छन् । गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनी बताउछन् ।















मन्त्रिपरिषद् बैठक जारी
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया