प्रधानमन्त्री ओलीले भेटे राष्ट्रपति पौडेललाई
मेरोन्यूज
२०८१ पुष २६ गते १८:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसॅंग भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, कानुन सचिव उदयराज सापकोटालगायत सहभागी थिए।
सम्बन्धित
प्रतिक्रिया