आइतबार, चैत १, २०८२

ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न

मेरोन्यूज २०८१ पुष २९ गते २१:२५

काठमाडौं  । ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष २९ गते, सोमबार बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त सभामा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व अध्यक्ष तथा सञ्चालकहरू, सेयर धनी, बैंकका विभिन्न पदाधिकारीहरू र कर्मचारी वर्गको उपस्थिति रहेको थियो। बैंकका अध्यक्ष  हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सभाको शुभारम्भ गरेका थिए ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, साधारण सभाले ज्योति विकास बैंकको संस्थापक सेयरधनी समूहको तर्फबाट  हरि चन्द्र खड्का, राम कुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण  सेयर धनी समूहको तर्फबाट  ध्रुव कोइराला र  नरेश राज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।  

सभाले बैंकको आ.व. २०८१\८२ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०८०\८१ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

साधारण सभामा बैंकका अध्यक्ष  खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेका थिए। यसै गरी, सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षाधीन अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए । साथै, आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदनमा विभिन्न सेयरधनीहरूले आ-आफ्ना जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए। सेयरधनीहरूबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए ।

यसका साथै, सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयर धनी समूहका तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित श्री हरि चन्द्र खड्कालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ। श्री खड्का बैंकको निवर्तमान सञ्चालक समितिमा समेत अध्यक्षको भूमिकामा रहेका थिए।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। 

स्वास्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५१ वटा न्यानो नानी मार्फत हरेक वर्ष  १८८७ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जीवन रक्षण गर्ने अति प्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।

ज्योति विकास बैंकको हालको चुक्ता पुँजी रू. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया