नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौं । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास सूर्यकिरणको १८औँ संस्करण सम्पन्न भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा १६ पुस ०८१ देखि संयुक्त अभ्यास सुरु भएको थियो । सेनाका बलाध्यक्ष रथी प्रदिपजंग केसीले सोमबार कार्यक्रमको समापन गरेका हुन् ।
केसीले संयुक्त अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्बद्ध सम्पूर्ण निकायलाई धन्यवाद दिँदै अभ्यासमा सहभागी फौजलाई अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए । अभ्यासको दौरान दुवै देशका फौजले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगाव प्रशंसनीय रहेको उनले बताए ।
संयुक्त अभ्यास निर्देशक सहायक रथी सुरज गुरुङ्गबाट अभ्यासको संक्षिप्त जानकारीसहित सुरु भएको कार्यक्रममा भारतीय सेनाको अभ्यास अब्जर्वर ग्रुपका तर्फबाट ब्रिगेडियर जनरल गोविन्दन प्रविणले मन्तव्य राखेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा दुवै देशका कुल ६६८ जना सैनिक सहभागी थिए । संयुक्त अभ्यासमा नेपाली सेनाको श्रीजंग गण र भारतीय सेनाको पाँचौँ गोर्खा राइफल्स सहभागी थिए ।
समापन कार्यक्रममा सेनाको मध्यपश्चिम पृतनापति उपरथी प्रेमबहादुर पुन, नेपालका लागि भारतीय सैनिक सहचारी लगायत सहभागी थिए । ०६७ सालबाट नेपाल र भारतमा संयुक्त सैनिक अभ्यास आलोपालो सञ्चालन हुँदैछ । अभ्यासले दुई देशबिच रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकल दर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया