जापानमा रेल स्टेसनमा छुरा प्रहार गर्ने १ व्यक्ति पक्राउ

टोकियो। जापानको राजधानी टोकियोको एक रेल स्टेसनमा छुरा प्रहार गरी एक जनाको हत्या गर्ने एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जापानको मध्य भागमा रहेको जेआर नागानो स्टेसनबाहिर बुधबार साँझ भएको आक्रमण हिंसात्मक अपराधको दुर्लभ घटना हो । आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।
प्रहरीले ४६ वर्षीय स्थानीय व्यक्तिलाई पक्राउ गरेकोसरकारी प्रसारक एनएचकेद्वारा प्रसारित पत्रकार सम्मेलनमा एक अधिकारीले बताए ।
उनलाई हत्यामा संलग्न भएको आरोपमा प्रक्राउ गरिएको छ भने उनीमाथि अन्य थप आरोप लाग्न सक्छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा ४९ वर्षीय एक पुरुषको मृत्यु भएको थियो भने ३० वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए भने ४० वर्षीया एक महिला सामान्य घाइते भएकी थिइन् ।
जापानी सञ्चारमाध्यमले अनुसन्धान स्रोतलाई उद्धृत गर्दै भनेको छ, “रेल स्टेसनबाहिर बस स्टपमा तीनै जनालाई लक्षित गरी आक्रमण गरिएको थियो ।”
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया