सशस्त्र प्रहरीद्धारा वीरगंजको अबैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद

काठमाडौं ।भन्सार छलेर नेपाल ल्याई अबैध रुपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका समानहरु सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले माघ १४ गते छापा मारेर बरामद गरेको छ ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित २ वटा पक्की घरको भूई तलामा अबैध रुपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र बीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लेखित सामानहरु बरामद गरेको हो ।
गोदाम गरी राखिएको सामान सीमा ईलाकाबाट करीब ३ किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा र १ लाख २१ हजार ५ सय रुपैयाँ बराबरको हार्डवेयरको सामानहरु रहेको छ ।
बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको भन्सार कार्यालय वीरगंज पर्सामा बुझाईएको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया