पोखरामा १५ लाख चोरी गरेर बुटवलको होटल पुगेका युवा-युवती पक्राउ

काठमाडौं । मध्यराति पोखरा महानगरपालिका-८ सिर्जना चोकको साइमन पार्टी प्यालेसमा छिरेर रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका-१० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका-३ की २९ वर्षीया पूजा श्रेष्ठ रहेका छन्।
प्रहरीले उनीहरूलाई बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित होटलबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए।
साइमन पार्टी प्यालेसमा गत माघ ११ गते राति १ बजे १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको थियो।
रकम चोरी भएपछि वडा प्रहरी कार्यालय बैदामको टोली अनुसन्धानमा जुटेको थियो। अनुसन्धान सिलसिलामा दुबैलाई माघ १३ गते पक्राउ गरिएको शर्माले बताए।
पोखरामा चोरीपछि उनीहरू भागेर रुपन्देहीको होटलमा बसेका थिए। होटलबाट चोरी भएको नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ बरामद गरिएको शर्माले बताए।
‘चोरी भएको केही रकम उनीहरूले खर्च गरिसकेको देखिएको छ,’ शर्माले भने।
दुबैलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया