बारामा स्रोत नखुलेको १० लाखसहित २ जना पक्राउ

बारा । प्रहरीले बाराबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगन्ज महानगरपालिका-१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो।
जीतपुर सिमरा उपमहानगरपालिका-१६ पैनी टोलस्थित सडकमा पिकअप गाडी रोकेर तलासी लिँदा उनीहरूको साथबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने र त्यसले वित्तीय कारोबारको दायित्व पूरा नगर्ने भएकाले गैरकानुनी मानी प्रहरीले नियन्त्रणमा लिने गरेको छ।










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया