उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैन: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास र असुरक्षाको अनुभूति गर्नु नपर्ने बताएका छन् । उनले सरकारले उद्यमी, व्यवसायीको सुरक्षाको नीति लिएको बताए ।
सिन्धुली उद्योग वाणिज्य संघको ३४औं वार्षिक साधारणसभा एवं १५औं जिल्ला अधिवेशनको मंगलबार उद्घाटन गर्दै उनले निर्वाध रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
‘व्यवसायीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्छ । तपाईंहरूमाथि कुनै पनि अवाञ्छित दबाब सिर्जना भएमा स्थानीय प्रशासन, गृह मन्त्रालयलाई जानकारी गराउनुस्, हामी निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्ने अवस्थाका लागि प्रतिबद्ध छौं’, गृहमन्त्री लेखकले भने ।
नेपालको वर्तमान आयात, निर्यात संरचनालाई हेर्दा उच्च व्यापार घाटामा रहेको देखिएकाले स्वदेशी उत्पादन प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
‘देशभित्र स्थापित उद्योगलाई महत्व दिँदै निर्यात गरेर व्यापार घाटा घटाउनु आजको आवश्यकता हो, यसका लागि उद्योगी, व्यवसायीको भूमिका महत्त्वपूर्ण छ’, लेखकले भने, ‘व्यापार, वाणिज्य, उद्योग, व्यवसायको कुरा निजी क्षेत्रले सञ्चालन गर्छ, सरकारले त्यसमा सहजीकरण र सहयोगको भूमिका मात्रै निर्वाह गर्छ । त्यसमा हामी सधैँ गम्भीर छौं ।’
उत्पादन तथा बजार प्रवर्द्धनका लागि स्थानीय उत्पादनको उचित मूल्य, प्रशोधन उद्योग स्थापना तथा आधुनिक प्रविधिको विकास, जुनारजस्ता कृषिजन्य उत्पादनको दीर्घकालीन भण्डारण तथा निर्यात बढाउने, कोल्डस्टोर स्थापना गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सरकारको सधैँ सहयोग रहने पनि उनले बताए ।

















भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
Driver killed after car falls into Phewa Lake
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया