बिमा कोष बलियो बनाउन आवश्यक छ : स्वास्थ्य मन्त्री

कास्की । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो बनाउन आवश्यक भएको बताएका छन् । स्वास्थ्य बिमालाई थप प्रभावकारी र निरन्तरता दिन जरुरुी भएको उनले उल्लेख गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज पोखरामा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, मस्यौदा तथा जनसङ्ख्या व्यवस्थापन र ‘मिडवाइफरी’ बीचको अन्तरसम्बन्धबारे नीति निर्माण एवं सरोकारवालासँगको गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले चालु आर्थिक वर्ष २०८१र८२ का लागि मन्त्रालयले स्वास्थ्य बिमातर्फ रु सात अर्ब ५० करोड विनियोजन गरिएको जानकारी दिए । विनियोजित रकम अपुग भएको उहाँको भनाइ थियो ।
“शत प्रतिशत नागरिकलाई स्वास्थ्य बिमामा जोड्न जरुरी छ”, उनले भने । बिमा रकम पारदर्शी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले कसैले त्यस्तो अनियमिता गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने बताए । ग्रामीण क्षेत्रमा सहजरुपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन योजना अगाडि बढाइएको उनले स्पष्ट पारे ।
मन्त्रालयका महानिर्देशक डा।विकास देवकोटाले नसर्ने रोगको पहिचान गर्न एक महिने अभियानबारे जानकारी दिन स्वास्थ्य नीति र आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको समेत सहभागिता रहेको थियो ।


















संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया