लेबनानलाई हराउँदै फाइनलमा नेपाल, म्यान्मारसँग उपाधि भिडन्त

काठमाडौं । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिम लगातार दोस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले लेबनानविरुद्ध १–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । नेपालको जितमा सावित्रा भण्डारीको प्रहारले जाली चुमेको थियो । खेलको ४२औँ मिनेटमा १८ यार्ड बक्सबाहिरबाट सावित्राले गरेको प्रहार लेबनानका खेलाडीबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।
जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोड्दा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपालले अब लिग चरणको अन्तिम खेलमा आइतबार म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
नेपालसँगै फाइनल प्रवेश गरिसकेको म्यानमारले एक–अर्काविरुद्ध उपाधिका निम्ति खेल्ने तय भइसकेको छ । यसअघि म्यानमारले आजै भएको पहिलो खेलमा कीर्गिस्तानविरुद्ध ५–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।


















विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया