रविलाई भोलि विमानमार्फत भैरहवा लगिने
मेरोन्यूज
२०८१ चैत २१ गते २१:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलिमात्रै भैरहवा लगिने भएको छ ।
शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले भोलिमात्रै भैरहवा लाने तयारी गरेको हो । ‘भोलि विमानमार्फत भैरहवा लाने तयारी गरेका छौं’, एक प्रहरी अधिकारीले भने ।
प्रहरी स्रोतका अनुसार उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको छ ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।
लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया