सोमबार, वैशाख ८, २०८२

तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप एकजना पक्राउ

मेरोन्यूज २०८२ वैशाख ७ गते २१:१९

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–१ का ३४ वर्षीय सन्तोष राजावादी भन्ने सन्तोष सिलवाल छन् ।

गएको चैत्र १५ गते काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित खुल्ला चौरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा प्रदर्शनको आयोजना गरिएको थियो । सो क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्नता देखिन रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया