सोमबार, वैशाख ८, २०८२

सप्तकोसीमा २ जना बेपत्ता, खोजीका लागि सशस्त्रको गोताखोर परिचालन

मेरोन्यूज २०८२ वैशाख ८ गते १२:१३

काठमाडाैं । सप्ताकोसीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ।

सोमबार बिहान ८ बजेतिर बराह क्षेत्र मन्दिर छेउको नदिमा नुहाउने क्रममा खोटाङको केपिलासगढी गाउँपालिका-४ बस्ने ४० वर्षीय नवराज बास्तोला र इटहरी नगरपालिका-१६ बस्ने १६ वर्षीय जेनिश आचार्य डुवेर बेपत्ता भएका थिए।

घटनापछि उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सुरक्षाफौज खटिएर खोजी गरिएको थियो।

तर, फेला नपरेपछी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया