आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक

काठमाडौं । दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल)को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ।
मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हरायो। १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो।दिल्लीका लागि लोकेश राहुलले ५७ रनको योगदान गरे। ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे। उनले कप्तान अक्षर पटेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे।
पटेलले २० बलमा ३४ रन जोडे। प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे। लखनउका आइडन म्याक्रमले दुई विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पहिलो १० ओभरमा ८७ रन बनाउँदै १ विकेट गुमाएको लखनउलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका मुकेश कुमारले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए।
लखनउका म्याक्रमले ३३ बलमा ५२ रज जोडे। मिचेल मार्सले ३६ बलमा ४५ रनको योगदान गरे। आयुश बडानीले २१ बलमा ३६ रन बनाए। सातौँ क्रममा झरेका ब्याट्सम्यान ऋषभ पन्त दुई बलमा कुनै रन नजोड्दै आउट भएका थिए। उनले पारीको अन्तिम दुई बल सामना गरेका हुन्।दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ।









जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया