शेफर्डको विस्फोटक ब्याटिङमा बेंगलुरुले चेन्नईलाई दियो २१४ रनको लक्ष्य

काठमाडौं । रोमारियो शेफर्डले १४ बलमा ५३ रन बनाएपछि रोयल च्यालेन्जर्स बेंगलुरुले यो सिजन खराब लयबाट गुज्रिरहेको चेन्नई सुपर किङ्सलाई २१४ रनको लक्ष्य दिएको छ। शेफर्डले यो सिजनको सबैभन्दा छिटो अर्धशतक बनाए । उता बेंगलुरुका लागि विराट कोहली र ज्याकब बेथेलले पनि अर्धशतक प्रहार गरे ।
एम चिन्नास्वामी रंगशालामा चेन्नईले टस जितेर बलिङ रोजेपछि रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२५ को ५२औँ खेलमा चेन्नईलाई २१४ रनको लक्ष्य दिएको हो ।बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाउँदै २१३ रन बनायो। रोमारियो शेफर्डले १४ बलमा अविजित ५३ रनको विस्फोटक पारी खेले। उनले यो सिजनको सबैभन्दा छिटो अर्धशतक बनाएका छन्। शेफर्डको पारीमा ६ छक्का र ४ चौका समावेश थिए।
उनीबाहेक, विराट कोहलीले ३३ बलमा ६२ रन र ज्याकब बेथेलले ३३ बलमा ५५ रन बनाए । चेन्नईका लागि मथिशा पथिरानाले ३ विकेट लिए । स्याम करन र नूर अहमदले समान एक(एक विकेट हात पारे।यससँगै कोहली (५०५ रन) यस सिजनका शीर्ष स्कोरर बनेका छन्। उनले साई सुदर्शन (५०४ रन)लाई पछि पारेका छन्। उनी टी–२० क्रिकेटमा एउटै टिमबाट सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्।
पहिले ब्याटिङमा उत्रिएको आरसीबीको सुरुवात शानदार रह्यो। विराट कोहली र बेथेल दुबैले आक्रामक ब्याटिङ गरे। हरेक बलरमाथि कोहली र बेथेलले आक्रमण नै जारी राख्दै टीमको स्कोर सय कटाएका थिए ।


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया