शेफर्डको विस्फोटक ब्याटिङमा बेंगलुरुले चेन्नईलाई दियो २१४ रनको लक्ष्य

काठमाडौं । रोमारियो शेफर्डले १४ बलमा ५३ रन बनाएपछि रोयल च्यालेन्जर्स बेंगलुरुले यो सिजन खराब लयबाट गुज्रिरहेको चेन्नई सुपर किङ्सलाई २१४ रनको लक्ष्य दिएको छ। शेफर्डले यो सिजनको सबैभन्दा छिटो अर्धशतक बनाए । उता बेंगलुरुका लागि विराट कोहली र ज्याकब बेथेलले पनि अर्धशतक प्रहार गरे ।
एम चिन्नास्वामी रंगशालामा चेन्नईले टस जितेर बलिङ रोजेपछि रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२५ को ५२औँ खेलमा चेन्नईलाई २१४ रनको लक्ष्य दिएको हो ।बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाउँदै २१३ रन बनायो। रोमारियो शेफर्डले १४ बलमा अविजित ५३ रनको विस्फोटक पारी खेले। उनले यो सिजनको सबैभन्दा छिटो अर्धशतक बनाएका छन्। शेफर्डको पारीमा ६ छक्का र ४ चौका समावेश थिए।
उनीबाहेक, विराट कोहलीले ३३ बलमा ६२ रन र ज्याकब बेथेलले ३३ बलमा ५५ रन बनाए । चेन्नईका लागि मथिशा पथिरानाले ३ विकेट लिए । स्याम करन र नूर अहमदले समान एक(एक विकेट हात पारे।यससँगै कोहली (५०५ रन) यस सिजनका शीर्ष स्कोरर बनेका छन्। उनले साई सुदर्शन (५०४ रन)लाई पछि पारेका छन्। उनी टी–२० क्रिकेटमा एउटै टिमबाट सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्।
पहिले ब्याटिङमा उत्रिएको आरसीबीको सुरुवात शानदार रह्यो। विराट कोहली र बेथेल दुबैले आक्रामक ब्याटिङ गरे। हरेक बलरमाथि कोहली र बेथेलले आक्रमण नै जारी राख्दै टीमको स्कोर सय कटाएका थिए ।









के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
कांग्रेसले गरायो आयोगमा दल दर्ता
प्रतिक्रिया