बाघको संख्या बढाउँदै जाने हो भने मान्छे भागे हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताएका छन्।
शनिबार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा बुझ्दै नबुझी आफूलाई गाली गरिएको बताए।
अब पनि बाघको संख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गरे। उनले बाघ तस्बिरमा देख्दा धेरै राम्रो भए पनि उसलाई जीवनयापन गर्नका लागि आफ्नो क्षेत्र चाहिने बताए।
तस्बिरमा बाघ हेरेर कुरा नगर्न पनि उनले आग्रह गरे। बाघ क्षेत्रपति जात भएकाले बाघले आफ्नो सीमाना लगाउने र सीमाना नपुगे बाघहरुबीच लडाईं हुने उनले उल्लेख गरे।
उनले बाघलाई खाना नपुगेपछि खानाको खोजीमा बाहिर निस्किने र त्यो बेलामा मान्छे खानु हुँदैन भनेर ज्ञान बोकेर नहिँड्ने भन्दै कटाक्ष गरे। उनले बाघले कानुनको किताब पढेको नहुने भन्दै बाघलाई मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद परिन्छ भन्ने ज्ञान नहुने बताए।
उनले भने,’अस्ती नै मैले एउटा कार्यक्रममा भनेँ, अब बाघको संख्या विस्तार हामीलाई पुग्यो। बाघको संख्या बढाउँदै जाने हो भनेदेखि मान्छे भागे हुन्छ। अब बाघको संख्या बढाउन सकिँदैन।’










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया