बिहीबार, फागुन २८, २०८२

बिहीबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

मेरोन्यूज २०८२ जेठ १ गते ६:२५

काठमाडौं । आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मे १५ तारिख। अन्तर्राष्ट्रि परिवार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

Advertisement
nepal life insurencenepal life insurence

मेष : कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसाय वा नोकरी पेशामा झुटो आरोप लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

वृष : परिस्थितिले अप्ठ्यारो सम्झौता गराउँछ। विद्यार्थीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। युवा वर्गहरुको प्रेमीसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन : नयाँ कार्य गर्नु भन्दा अघि विश्वासपात्र वा अनुभवी व्यक्तिहरूसँग सल्लाह लिनुहोस्। मेहनतको राम्रो फल पाउनुहुनेछ। आर्थिक कार्यमा गरेका अनुबन्धहरू भविष्यको लागि लाभदायी रहनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट : आर्थिक पक्ष सबल रहनेछ। यात्रा गर्दा अपरिचित व्यक्तिहरूसँग दूरी बनाएर राख्नुहोस्। ईमान्दार र स्पष्टवादी व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सिंह : रचनात्मक वा कलात्मक कार्यमा हजुरलाई प्रोत्साहन मिल्नेछ। बोलिको नकारात्मक प्रभावले बनिरहेको कार्यमा बाधा आउनेछ। घरपरिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या : कार्यक्षेत्रमा अरुलाई प्रभावित पारेर काम निकाल्न सकिनेछ। राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व बहन गर्नुपर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। गृहकार्यमा जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ ‌अंक २ रहेको छ।

तुला : दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारबाट राम्रो आयआर्जन गर्न सकिनेछ। छरछिमेकीसंग सम्बन्धमा सुधार आउनेछ। महत्वकांक्षी कार्यहरू गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक : धन सम्बन्धी मामलाहरूमा सावधानी राख्नुहोस्। कार्यक्षेत्रमा अधिकारी वर्गहरुबाट सम्मान पाइएला। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

धनु : का्र्यक्षेत्रमा ढिला सुस्ती हुँदा लाभको मात्रामा कमी आउनेछ। आर्थिक कारोबारमा प्रत्येक पाईला सोच विचार गरेर राख्नुहोस्। जोखिम भएका कार्यहरूबाट टाढा रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर : प्रेम र मित्रताको बन्धन कसिने छ। व्यापार व्यवसायमा आफ्नो कार्यहरू अरुमाथि छोडेर नजानुहोस्। कार्यक्षेत्रमा धैर्यको परीक्षा हुनेछ। अवसरवादी हरुबाट सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ : आर्थिक कारोबारमा सफलताका योग छन्। कार्यक्षेत्रमा साथाभाईको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मीन : नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन उत्तम रहनेछ। धर्म कर्ममा रुचि बढ्नेछ| बुद्धिको उपयोगले रोकिएको कार्य बनाउन सक्नुहुनेछ। सेवामूलक कार्यबाट धन लाभ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

प्रतिक्रिया