दमकका पूर्वप्रमुख बुढाथोकीको निधन
मेरोन्यूज
२०८२ जेठ ३ गते १५:२१

दमक (झापा) । दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।
दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९:५५ बजे आफ्नै निवासमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा ९एमाले०बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ । पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेका छन्। उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेका छन् ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया