हुम्लाको तिलगाउँमा सुक्खा पहिरो, जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सारियाे
मेरोन्यूज
२०८२ जेठ ५ गते १३:१५

काठमाडाैं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोवास गर्ने स्थानीय वासिन्दाहरुको घरमा क्षती पु¥याएको छ ।आवश्यक विपद् उद्वार सामाग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सुरक्षा फौज उक्त स्थानमा परिचालित भएको छ ।
सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानिको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमाताल रहेको आशंका गरिएको छ । आशंका गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भइरहेको छ । पहिरोबाट मानवीय तथा पशुचौपायामा क्षती पुगेको छैन ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया