रातमा खानै नहुने यी हुन तीन खानेकुरा

काठमाडौं । खानाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ।
हामीले दिनभर के खाने र पिउने कुराले हाम्रो शरीरमा असर गर्छ। यो कुरा धेरैजसोलाई थाहा छ तर के तपाईलाई थाहा छ कि स्वस्थकर खानपानका साथसाथै हामीले खाने समयमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुने गर्छ ।
सरल भाषामा भन्नुपर्दा कहिलेकाहीँ गलत समयमा स्वस्थकर खानेकुरा खाँदा पनि शरीरलाई फाइदा हुँदैन । यसको विपरीत, गलत समयमा खाएको स्वस्थ चीजहरू पनि कहिलेकाहीं हानिकारक हुन सक्छ। यस्तै सबालमा पोषणविद्हरूले यस्ता ३ कुराको बारेमा बताएका छन, जसलाई सामान्यतया स्वस्थ्य मानिन्छ तर राती भने खानु हुदैँन् । उनीहरूका अनुसार कम्तिमा रातिमा यी ३ चिज खानु हुदैँन् ।
सलाद
पोषणबिदहरू भन्छन, ‘आज धेरैजसो पश्चिमी संस्कृतिबाट प्रभावित भएकाले बेलुकाको खानामा सलाद खान रुचाउँछन् । सलाद स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर रातिको समयमा यसलाई खानु हुँदैन । पोषणविद्हरूका अनुसार काँचो तरकारी पचाउन धेरै समय लाग्छ, त्यसैले राती खाँदा ग्यास र अपचजस्ता समस्या हुन सक्छ।
फलफूल
फलफूल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, पोषणविद्हरूले राति कुनै पनि फलफूल नखान सल्लाह दिन्छन् । फलफूलमा सक्रिय इन्जाइमहरू हुन्छन्, जसले शरीरमा ऊर्जाको स्तर बढाउँछ। यद्यपि, तपाईंलाई रातमा यो ऊर्जा चाहिँदैन। यसका साथै फलफूलमा पाइने प्राकृतिक चिनी रातिको समयमा पनि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा साँझ ५ बजेपछि फलफूल नखान पोषणविद्हरूले सल्लाह दिन्छन् ।
स्टार्चयुक्त खानाहरू
यी सबै बाहेक पोषणविद्हरूले रातिमा स्टार्चयुक्त खानेकुरा नखान सल्लाह दिन्छन्। फलफूल र सलाद बाहेक स्टार्चले भरपूर खानेकुरा स्वास्थ्यका लागि अस्वास्थ्यकर मानिन्छ । त्यसैगरी, यी चिजहरु राति खाँदा तपाईलाई थप हानि पु¥याउन सक्छ ।
त्यसो भए बेलुकाको खाना के कसरी खाने त ?
यी चीजहरू बाहेक पोषण विशेषज्ञहरूले रातको खाना धेरै हल्का खानपिनको सल्लाह दिन्छन्। यसका लागि डिनरमा विभिन्न दानाबाट बनेको खिचडी खान सकिन्छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया