आज असार १० गते मंगलबार, दिन कस्ताे रहला ? हेरौं राशिफल

काठमाडौं । आज २०८२ साल असार १० गते मंगलबार। असार कृष्ण पक्षको चतुर्दशी। तदनुसार सन् २०२५ जुन २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : आर्थिक क्षेत्रमा र कारोबारमा अनुभवी व्यक्तिको साथ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ र सहयोग मिल्नेछ। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
वृष : समाजमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा अधिकारिवर्ग हजुरको कामबाट सन्तुष्ट रहनेछन। प्रेम सम्बन्ध सुमधुर हुनुका साथै दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन :वैदेशिक रोजगारको लागि समय लाभप्रद रहेको छ। पहिला गरिएका कार्यबाट लाभ मिल्ने सम्भावना रहेको छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा श्रमको प्रतिफल नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट : व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। शेयर बजारबाट लाभ मिल्ला। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
सिंह : व्यापार व्यवसायमा लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा शत्रुहरूले खुट्टा तान्नेछन्। सामाजिक सञ्जालमा बोल्दा सोचविचार गरेर आफ्नो कुरा राख्नुहोला। विदेश तर्फबाट शुभ सुचना मिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।
कन्या : छरछिमेकी र घर परिवारसँग रमाइलो समय बित्नेछ। व्यापारमा थप लगानी लगाउने समय रहेको छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अक ५ रहेको छ।
तुला : कार्यक्षेत्रमा समयमा कार्य सम्पादन नहोला। व्यापारमा मनग्य लाभ मिल्नेछ। सोधेभन्दा बढी सल्लाह दिनबाट बच्नुहोस्। साथीहरूको सहयोगबाट रोकिएका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक : कार्यशैलीमा बदलावको कारण ठूलो लाभ हुनेछ। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। बिछोडिएका परिजनसँग भेटघाट हुनेछ। सामाजिक जिम्मेवारी निर्वहन गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
धनु : कार्यक्षेत्रमा जीवनसाथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णयबाट ठूलो लाभ हुनेछ। आफ्नो स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। अज्ञात भयले मन चिन्तित रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
मकर : प्रेम सम्बन्ध सुमधुर रहनेछ। पहिला लिएका ऋणबाट मुक्ति मिल्नेछ। आयको अनुरूप खर्च गर्नुहोस्। पुराना मित्रहरूसँग भेटघाट हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : कार्यस्थलमा आफ्नो जिम्मेवारी निभाउन असफल हुनपर्ला सतर्क भएर कार्य गर्नुहोस्। मधुर व्यवहार र बोलिले रोकिएका कार्य बन्नेछन्। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
मिन :आर्थिक स्थितिमा सुधारको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ। यात्रा सुखमय र राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया