आज २०८२ साल असार १५ गते आइतबारको राशिफल

काठमाडौं । आज २०८२ साल असार १५ गते आइतबार। असार शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन २९ तारिख। राष्ट्रिय धान दिवस। दही चिउरा खाने दिन छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : पुराना कुरालाई लिएर घरपरिवारमा वादविवादको सम्भावना रहेको छ। कार्यक्षेत्रमा इष्टमित्रहरूको साथ र सहयोग मिल्नेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। माताको कुरालाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
वृष : आसमर्दो कार्य बन्नाले नयाँ कार्यप्रति जिम्मेवारी बढ्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आफ्नो समूह र समुदायलाई नयाँ विचार दिने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा मेहनतको फल प्राप्त हुनेछ। बुध्दिको उपयोगले धन र विद्या आर्जन गर्न सकिनेछ। बोलिको भरमा चिताएको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह : मनमिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का सेतो हो भने शुभ अंक ५ रहेको छ।
कन्या : वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रशासनिक वा राज्यपक्षबाट सोचेजस्तो सहयोग प्राप्त नहोला। स्वास्थ्यलाई लिएर आहारविहारमा ध्यान दिनुहोस्। आजको शुभ रंग आकाशे हो भने शुभ अंक १ रहेको छ।
तुला : धर्म कर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। कानुनी मामलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक : आफन्त हरूको मध्य रमाइलो समय बित्ला। पहिला गरिएका कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवन र प्रेम सम्बन्ध सुमधुर रहनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
धनु : आयआर्जनका नयाँ स्रोतहरू निर्माण हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। घरमा गृहिणीहरूलाई जीवनसाथी बाट उपहार मिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
मकर : साझेदारी व्यापारमा लाभ रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। काममा उत्साह र गति आउनेछ। सामूहिक गरिने कार्यबाट फाइदा मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ :समाजमा मान प्रतिष्ठा बढ्नेछ। महत्त्वपूर्ण कार्यको थालनीमा घर परिवारमा सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
मीन : पारिवारिक सद्भाव बढ्नुका साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। बोलिको प्रभावले आँटेका कार्य सिद्ध गर्न सकिनेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया