आज २०८२ साल भदौ १ गते आइतवारको राशिफल

काठमाडौं ।आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : व्यापार व्यवसायबाट आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। बोलीमा नियन्त्रण राख्नुहोस् सोचेका कार्य पूरा हुनेछन्। आफन्तहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
वृष : मानसम्मान वृद्धि हुनेछ। साहसिक कदम उठाउने समय रहेको छ। इष्टमित्रहरूको आगमनले मन प्रसन्न रहनेछ। शुभकार्यको चर्चा परिचर्चा हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
मिथुन :सवारी साधन चलाउँदा सावधान रहनुहोला। घरेलु वा व्यापारिक मामलाहरू आपसी सम्वादले सुल्झिनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट : प्रतिष्ठित कार्य गरेर धेरैको मन लोभ्याउन सकिनेछ। घरमा मांगलिक कार्यको चर्चा हुनेछ। चुनौतीहरुलाई पन्छाउँदै नयाँ कामको जग बसाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह : परिस्थिति अनुकूल रहनाले लगनशीलताले लक्ष्यमा पुग्न सकिनेछ। आफन्तहरूको साथ र सहयोगले उत्साह जाग्नेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
कन्या : परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। भाग्यको साथले अप्ठ्यारा कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। युवाहरूलाई करियरमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला : आत्मबल कमजोर रहनेछ। सोचेको कार्य सम्पादन गर्नमा समय बित्नेछ। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : साझेदारी व्यापारमा लाभ रहनेछ। जीवनसाथीसँग वैचारिक मतभेद सुल्झिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नयाँ उपहार वा मिठो खानपानले दिन आनन्दमय रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
धनु : व्यस्त भएतापनि एकै पल्टमा धेरै ठाउँ काम गर्नमा सफल भइनेछ। शत्रुहरू पराजित हुनेछन्। पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मकर : सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। योजनातर्फ अग्रसर भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : काम बिग्रिनको डरले मनमा अज्ञात चिन्ता रहनेछ। माताको स्वास्थ्यलाई लिएर सजग रहनुहोला। विपरीत परिस्थितिमा पनि धैर्य बनाएर राख्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मीन : माननीय जनहरूको सहयोगले रोकिएका कार्य पुनःप्रारम्भ हुनेछन्। भविष्यलाई लिएर लाभकारी योजना बनाउन सक्नुहुनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

















काठमाडौं संसारकै तेस्रो वायु प्रदुषित शहरमा
आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया